कपिलवस्तमा मतबदर घटाउन आयोनले दियो तालिम

ई साझाकुरा, कपिलवस्तु ।

नेपाल युवा संस्था संजाल आयोनले कपिलवस्तुमा मतदाता शिक्षा कार्यक्रम संचालनका लागि युथ च्याम्पियनहरुलाई तालिम प्रदान गरेको छ ।

कपिलवस्तुको बाणगंगा स्थित जितपुरमा आयोजित दुई दिने तालिममा आयोनका केन्द्रिय महासचिव खिमानन्दा देबकोटा सहितको टोलीले कपिलवस्तुका पच्चीस जना युथ च्याम्पियनहरुलाई मतदाता शिक्षाबारे जनताका घरघरमा गइ जानकारी दिनुपर्ने बताउनुभयो ।

तालिमले विषेश गरी आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुन नागरिकहरुलाई मतदान सम्बन्धी शिक्षा प्रदान गरी उनीहरुलाई आफ्नो मताधिकार र कर्तव्य प्रति निष्ठावान बन्न प्रेरित गर्नुपर्ने उद्देश्य रहेको कुरा जानकारि गराएको छ ।
दुई दिने तालिम लिएका आयोन युथ च्याम्पिएनहरुले अब कपिलवस्तुका विभिन्न पालिकामा गई मतदाता शिक्षा प्रदान गर्ने, नमुना मतदान अभ्यासमा नागरिकहरुलाई सहभागि गराउने, सडक नाटक प्रस्तुत गर्ने छन भने विद्यालय तहमा १८ वर्ष माथिका विद्यार्थीहरुलाई कलेज लेवल मतदाता शिक्षा प्रदान गरि प्रशिक्षण पनि गर्ने आयोन पुर्व केन्द्रिय उपाध्यक्ष थानेश्वर अधिकारीले जानकारी दिनुभयो ।

हाल लुम्बिनी प्रदेशमा निर्वाचनका बेला मत बदर हुने कपिलवस्तु जिल्ला दोस्रो स्थानमा रहेकाले मतदाता शिक्षा मार्फत जनचेतना दिएर मतबदर कम गर्ने मुख्य उद्देश्य रहेको छ । आयोनले कपिलवस्तुमा हुने बदर मतको संख्या घटाउन यो प्रक्रिया सुरु गरेको आयोनका आई टि प्रमुख महेन्द्र पोख्रेलले जानकारि दिनु भएको छ ।

कपिलवस्तुमा आयोन युथ च्याम्पिएनहरुले अब बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिका सहित शुद्धोधन गाउँपालिका गरी तीन पालिकामा मतदाता शिक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गर्ने जनाइएको छ ।

प्रतिक्रिया