

कपिलवस्तुका २ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने



कपिलवस्तु । लुम्बिनी प्रदेशमा यही चैत २२ देखि सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार लुम्बिनीमा १३ लाख १३ हजार ९ सय ८९ लाई टाइफाइड विरुद्धको खोप लगाइनेछ । प्रदेशमा चैत २८ सम्ममा सबै बालबालिकालाई खोप लगाएर सक्ने योजना रहेको उनले बताए । बालबालिकाहरुलाई विद्यालयमै केन्द्र तोकेर खोप दिइनेछ ।
सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिँदैछ । देशभरमा यो उमेर समूहका बालबालिकाको संख्या करिब ७५ लाख रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । स्कुल स्कुलमा गएर खोप दिने योजना बनाइएको उनले जानकारी दिए । उनले खोप अभियान सकिएको अर्को महिनादेखि यो खोपलाई नियमित खोपको सूचीमा राखेर १५ महिना पुगेका बालबालिकाहरुलाई दिन सुरु गरिने पनि बताए ।
यता कपिलवस्तुमा टाइफाइड रोग विरुद्ध यही चैत २२ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुको लागि खोप अभियान सञ्चालन हुने भएको हो ।
सो खोप अभियानका लागी एक लाख ५० हजार डोज खोप शुक्रबार नै आईसकेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए ।
आफुहरुलाई एक लाख ८४ हजार बालबालिकालाई खोप लक्ष्य दिएको भएता पनि २ लाख बढी बालबालिकालाई खोप लगाउने तयारी रहेको प्रमुख पाण्डेको भनाई छ ।उनका अनुसार जिल्लामा खोप लगाउने बालबालिकाको संख्या यकिन गर्दा २ लाख बढी देखिएकाले सो संख्यामा खोप लगाउन तयारी भएको हो ।
बालबालिका लक्षित खोप अभियान भएका कारण अधिकांश खोप केन्द्रहरु विद्यालयमा सञ्चालन गरिने छ भने अपाई पर्ने तथा अन्यत्र खोप केन्द्र भएका ठाउँमा सोही अनुसार खोप अभियान सञ्चालन गरिने उनले बताए ।


खबर सबै
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित
-
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
-
लुम्बिनी शीर्ष स्थानमा उक्लियो, पोखरा आठ विकेटले पराजित







प्रतिक्रिया