

झुटो विवरण पेस गरी नागरिकता बनाएको आरोपमा एक युवक पक्राउ



पाल्पा । पाल्पामा झुटो विवरण पेस गरी नागरिकता बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । आइतबार बाग्लुङको गल्कोट नगरपालिका–८ काँडेवासका २३ वर्षीय मानबहादुर कँडेल पक्राउ परेका हुन् । उनले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट झुटो विवरण पेश गरी नागरिकता निकालेका थिए ।
उनले आफु पाल्पा रामपुर नगरपालिका–१४ का पिताम्बर अधिकारीको छोरा विजय अधिकारी हुँ विवरण पेश गरि नागरिकता निकालेका थिए । विवरण पेस गर्ने क्रममा उनले वडा नम्बर १४ को सट्टा १० लेखेका थिए । उक्त कुरा पिताम्बरका भाइ कृष्णप्रसाद अधिकारी थाहा पाएर जाहेरी दिएका थिए । कृष्णप्रसादको जाहेरी लगत्तै कँडेललाई पक्राउ गरिएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातिले जानकारी दिए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया