

दाङमा इनारमा डुबेर एक जनाको मृत्यु

दाङ। दाङमा इनारमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-२ रामपुर निमोरियाका ३४ वर्षीय होमनारायण चौधरी रहेका छन् ।
चौधरीले आइतबार बिहान साढे ८ बजे इनारमा हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाली सेना र प्रहरी टोली घटनास्थलमा पुगेर शव निकाल्ने काम भइरहेको नेपाली सेना रण सिंह दल गणका प्रमुख सेनानी रवीन्द्र महर्जनले जानकारी दिए ।
इनारमा पानी लगभग २५ फिट भएपनि पानी धेरै भएकोले शव निकाल्न समय लागेको प्रमुख सेनानी महर्जनले बताए ।
चौधरीले के कारणले इनारमा हाम फालेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक स्थानीयका अनुसार चौधरीले गाउँमा अनैतिक क्रियाकलाप गरेको जानकारी पाएपछि गाउँलेले छानबिन गर्न बैठक बोलाएका थिए । सोही कारण उनी इनारमा हामफालेको हुन सक्ने स्थानीयको अनुमान छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया