


चुनावकाे मुखमा प्रधानमन्त्री भारत जानुकाे केही अर्थ छ, आएपछि साेध्छु : अध्यक्ष ओली



काठमाण्डाै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाउनुभएको छ । आज शुक्रवार अनेरास्ववियुको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले चुनावको मुखमा प्रधानमन्त्री भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै नेपाल फर्किएपछि उहाँलाई सोध्ने बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘प्रधानमन्त्रीजी विदेश जानुभएको छ, ठ्याक्कै चुनाव अगाडि किन जानुभयो कुन्नि ? आएपछि सोध्नुपर्ला– यति समय किन जानुभएन, यतिबेरै किन जानुभयाे भनेर । यही समयमा किन जानुभयाे भनेर ?’
अध्यक्ष ओलीले सम्बोधनको धेरैजसो समय नेपाली कांग्रेसविरुद्ध खनिनुभएको थियो । उहाँले कांग्रेसले सधैँ लोकतन्त्र विरोधी र राष्ट्रियता विरोधीसँग घाँटी जोड्ने गरेको आरोपसमेत लगाउनुभयो ।
यस्तै कार्यक्रममा ओलीले आफूले दैनिक चार वटा कार्यक्रम भ्याउने गरेको बताउँदै युवाहरू अझै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । एमालेलाई बलियो बनाउन युवाको नै हात रहेको उहाँको भनाइ छ । एमालेको हरुवा बानी नभएको ओलीले बताउनुभयो ।
यस्तै कार्यक्रममा उहाँले सामाजिक अभियन्ताको जागरण ल्याउनुपर्नेमा जोड दिनुभयो । माधव नेपालको जसरी एमालेलाई न भाले न पोथीको अवस्थामा पुर्याउने छुट अब कसैलाई नरहेको उहाँको तर्क थियो ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया