

सुनचाँदी पसलमा हमला, सञ्चालक घाइते : सैनामैना



अज्ञात समुहद्धारा सैनामैनाको एक सुनचाँदी पसलमा हमला भएको छ । आज साँझ करिब ६ः३० बजेको समयमा सैनामैना वडा न–१, रानीबगिया स्थित बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा लुट्न छिरेका अज्ञात समुहले फलामको घनले टाउँकोमा प्रहार गर्दा सुनचाँदी सञ्चालक घाइते भएका छन् । घाइते हुनेमा सो ठाँउ बस्ने अन्दाजी वर्ष ३५का गणेश हमाल रहेका हुन् । घाइते हमलालाई उपचारका लागी बुटवल पठाइएको छ ।
लु ४८ प १२५६ नम्बर पेलेट भएको मोटरसाइलकामा आएका अज्ञात समुहले सो पसलबाट गरगहना लुटने दाउमा रहेको खुलेको छ । हमला गरे संगै ति लुटेरा भाग्ने अवस्थामा थिए तर स्थानीयले एक पुरुषलाई पक्राउ गरि इलाका प्रहरी कार्यालयलाई जिम्मा लगाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको पुरुषको ब्यागबाट धारिलो चक्कु र नक्कली पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
उपरिक्षक रेग्मीका अनुसार पक्राउ पर्ने कपिलबस्तु जिल्ला कृष्णनगर वडा न–३ बस्ने वर्ष ३८का अब्दुल्ला शाह रहेका छन् । ती लुटेराहरुले सुनियोजित रुपमा सुनचाँदी लुट्ने योजना रहेको बताउदै एस.पि. रेग्मीले फरार अर्का एक पुरुषको खोजीकार्य भइरहेको जानकारी दिए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया