

दाङमा लाइसेन्स प्राप्त २७२ हतियार



दाङ
दाङमा लाइसेन्स प्राप्त हतियारहरू २७२ वटा रहेका छन् । तत्कालिन गाउँ पन्चायत र अहिलेको गृह मन्त्रालयसँग स्विकृत लिइएका हतियारहरूको संख्या जिल्लामा २७२ वटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार हालसम्म जिल्लामा १२ बोर, दुईनाले १४९ थान, १२ बोर एकनाले ७० थान, पेस्तोल ६ थान, २२ बोर राइफ ३८ थान, हावादारी बन्दुक २ थान र भरुवा बन्दुक ७ थान हतियार रहेको तथ्यांक छ । उक्त हातहतियारहरूको दुरूपयोग बढ्न सक्ने र स्थानीय तहको निर्वाचनमा सुरक्षा चुनौती थपिन सक्ने भन्दै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई व्यवस्थित बनाउनका लागि जिल्ला प्रशासन कार्यालय दाङले आफूसँग भएको हातहतियार बुझाउन्र निर्देशन दिएको छ ।
तर हातहतियार बुझाउने पक्षमा सम्बन्धित निकाय तथा व्यक्तिहरू मौन रहेका छन् । २ सय ७२ को संख्यामा हात हतियारको लाइसेन्स लिएको भएपनि हालसम्म कुनैपनि व्यक्ति, राजनैतिक दलहरूले हातहतियार नबुझाएको जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ । हातहतियार समयमै नबुझाउँदा निर्वाचनको समयमा सुरक्षा चुनौती बढ्ने प्रशासनको भनाइ छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया