

दाङमा लाइसेन्स प्राप्त २७२ हतियार

दाङ
दाङमा लाइसेन्स प्राप्त हतियारहरू २७२ वटा रहेका छन् । तत्कालिन गाउँ पन्चायत र अहिलेको गृह मन्त्रालयसँग स्विकृत लिइएका हतियारहरूको संख्या जिल्लामा २७२ वटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार हालसम्म जिल्लामा १२ बोर, दुईनाले १४९ थान, १२ बोर एकनाले ७० थान, पेस्तोल ६ थान, २२ बोर राइफ ३८ थान, हावादारी बन्दुक २ थान र भरुवा बन्दुक ७ थान हतियार रहेको तथ्यांक छ । उक्त हातहतियारहरूको दुरूपयोग बढ्न सक्ने र स्थानीय तहको निर्वाचनमा सुरक्षा चुनौती थपिन सक्ने भन्दै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई व्यवस्थित बनाउनका लागि जिल्ला प्रशासन कार्यालय दाङले आफूसँग भएको हातहतियार बुझाउन्र निर्देशन दिएको छ ।
तर हातहतियार बुझाउने पक्षमा सम्बन्धित निकाय तथा व्यक्तिहरू मौन रहेका छन् । २ सय ७२ को संख्यामा हात हतियारको लाइसेन्स लिएको भएपनि हालसम्म कुनैपनि व्यक्ति, राजनैतिक दलहरूले हातहतियार नबुझाएको जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ । हातहतियार समयमै नबुझाउँदा निर्वाचनको समयमा सुरक्षा चुनौती बढ्ने प्रशासनको भनाइ छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया