


आज कपिलवस्तु आउँदै राप्रपा अध्यक्ष : लिङ्देन



राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष राजेन्द्र लिङ्देन आज बुधबार कपिलवस्तु आउनु भएको छ । राप्रपा कपिलवस्तुले बाणगंगाको जीतपुरमा आयोजना हुने आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देन आज कपिलवस्तु आउन लाग्नु भएको हो ।
अध्यक्ष लिङ्देनसहित, महामन्त्री एवम् नेपालगंज उप–महानगरपालिका मेयर डा.धवल शम्शेर राणा, वरिष्ठ नेता दिपक बोहोरा, पूर्व आईजिपी तथा पार्टीका उपाध्यक्ष ध्रुब बहादुर प्रधान, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयसहितका नेता बुधबार भोलि कपिलवस्तु आउन लागेको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही आमसभामा विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्ने नवप्रवेशीहरुलाई अध्यक्ष लिङ्देनले स्वागत गर्नु हुने छ । केन्द्रिय सदस्य रायमाझीले आमसभामा सहभागी हुन सम्पूर्ण जिल्लावासीलाई आह्वान समेत गर्नुभएको छ । अध्यक्ष लिङ्देन कपिलवस्तु आउने कार्यक्रम तय भएपछि त्यसको लागी तयारी तीब्र रुपमा अघि बढिरहेको उहाँले बताउनुभयो ।
कपिलवस्तुमा अध्यक्ष लिङ्देनको आगमनले पार्टी थप सुदृढ हुने उहाँले दाबी गर्नुभएको छ । अध्यक्ष लिङ्देनको कपिलवस्तु आगमनलाई निकै महत्वका साथ हेरिएको छ । आसन्न स्थानीय तहको निर्वाचनसंगै कपिलवस्तुमा केन्द्रिय स्तरका नेताको चहलपहल बढ्दै गएको छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया