

आयाेगकाे परीक्षाले दाङका हाेटल भरिभराउ, उद्योग वाणिज्य संघले मिलायाे बस्ने व्यवस्था

दाङ । शिक्षक सेवा आयाेगद्वारा संचालित आयाेगकाे परीक्षाका लागि दाङआएका विद्यार्थीले हाेटलमा काेठा नपाएपछि उद्योग वाणिज्य संघ दाङले परिक्षार्थीलाई बस्ने व्यवस्था मिलाएकाे छ । आयाेगले मावि र निमाविकाे केन्द्र दाङका विभिन्न शहरमा ताेकेकाे छ । मंगलबार मावि तहकाे प्रथम पत्रकाे परीक्षा भएकाे छ भने बिहिवार निमावि तहका लागि परीक्षा हुँदै छ । परीक्षाका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाका परीक्षार्थी दाङमा छन । यतिबेला दाङका हाेटल भरभराउ छन । हाेटल व्यवसायी खुसी भएका बेला परीक्षाका लागि दाङ पुगेकहरु काेठा नपाउँदा निराश छन् । आयोगको परिक्षा दिनका लागि दाङ आएका परीक्षार्थीलाई बास वस्नका लागि अति समस्या भएका व्यक्तिहरुलाई दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व तथा दाङ देउखुरी होटेल व्यवसायी समितीको सहयोगमा व्यवस्था गरिएको उद्योग वाणिज्य संघले जनाएको छ । संघले घोराहीमा निर्माण भएको बहुउदेश्य सभा गृहमा वस्ने व्यवथा गरेको हाे । अफ्ट्यारो स्थिमा रहेकाहरुले साे स्थानमा बास पाउने छन् । याे समाचा तयार पार्दासम्म ५०/६० जना आईसकेकाे उद्योग वाणिज्य संघ दाङले जनाएको छ । घाेराही स्थित संघकाे नवनिर्मित बहुउद्देश्यीय सभागृहमा परीक्षार्थीलाई बस्ने व्यवस्था मिलाइएकाे संघले जनाएको छ। 


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया