

आयाेगकाे परीक्षाले दाङका हाेटल भरिभराउ, उद्योग वाणिज्य संघले मिलायाे बस्ने व्यवस्था



दाङ । शिक्षक सेवा आयाेगद्वारा संचालित आयाेगकाे परीक्षाका लागि दाङआएका विद्यार्थीले हाेटलमा काेठा नपाएपछि उद्योग वाणिज्य संघ दाङले परिक्षार्थीलाई बस्ने व्यवस्था मिलाएकाे छ । आयाेगले मावि र निमाविकाे केन्द्र दाङका विभिन्न शहरमा ताेकेकाे छ । मंगलबार मावि तहकाे प्रथम पत्रकाे परीक्षा भएकाे छ भने बिहिवार निमावि तहका लागि परीक्षा हुँदै छ । परीक्षाका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाका परीक्षार्थी दाङमा छन । यतिबेला दाङका हाेटल भरभराउ छन । हाेटल व्यवसायी खुसी भएका बेला परीक्षाका लागि दाङ पुगेकहरु काेठा नपाउँदा निराश छन् । आयोगको परिक्षा दिनका लागि दाङ आएका परीक्षार्थीलाई बास वस्नका लागि अति समस्या भएका व्यक्तिहरुलाई दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व तथा दाङ देउखुरी होटेल व्यवसायी समितीको सहयोगमा व्यवस्था गरिएको उद्योग वाणिज्य संघले जनाएको छ । संघले घोराहीमा निर्माण भएको बहुउदेश्य सभा गृहमा वस्ने व्यवथा गरेको हाे । अफ्ट्यारो स्थिमा रहेकाहरुले साे स्थानमा बास पाउने छन् । याे समाचा तयार पार्दासम्म ५०/६० जना आईसकेकाे उद्योग वाणिज्य संघ दाङले जनाएको छ । घाेराही स्थित संघकाे नवनिर्मित बहुउद्देश्यीय सभागृहमा परीक्षार्थीलाई बस्ने व्यवस्था मिलाइएकाे संघले जनाएको छ। 


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया