

राप्रपामा समायोजन भयो नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति



ईसाझाकुरा संवाददाता
नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति कपिलवस्तु राप्रपामा समायोजन भएको छ । बाणगंगाको जितपुरमा आयोजित एक कार्यक्रमका विच सम्पूर्ण नेपाली कांग्रेस विपी जिल्ला कार्य कपिलवस्तु राप्रपामा समायोजन भएको हो । नेपाली कांग्रेस विपीका केन्द्रिय सदस्य डाक्टर माधव पन्थी, गोपाल पोख्रेल, माधव पोख्रेल, सुरज आचार्य, जिल्ला उपाध्यक्ष भोजराज आचार्य, ईश्वरी खनालसहितको सम्पूर्ण टिम राप्रपामा समायोज भएको राप्रपा कपिलवस्तुले बताएको छ । नवप्रवेशीहरुलाई राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझी, जिल्ला अध्यक्ष नारायण बहादुर सिंह लगायतले स्वागत गर्नुभएको हो ।
नेपाली कांग्रेस विपीका केन्द्रिय सदस्यसहितको टोली राप्रपामा समायोज भएसंगै जिल्लामा पार्टी थप मजबुत भएको कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका केन्द्रिय सदस्य धुब्र रायमाझीले दावी गर्नुभएको छ ।
राप्रपाप्रति जनताको आकर्षण थप बढ्दै गएको र पार्टी प्रवेशको लहर चलिरहेको रायमाझीले बताउनुभयो ।
केन्द्रिय सदस्य रायमाझीले यही चैत्र १६ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन कपिलवस्तु आउने कार्यक्रम तय भएपछि त्यसको लागी तयारी तीब्र रुपमा अघि बढिरहेको बताउनुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया