

एमालेलाई गुल्मीमा हराउँछौं : माधवकुमार नेपाल


गुल्मी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादीका) अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा नेकपा एमाले पार्टीलाई गुल्मीमा पराजित गर्ने बताएका छन् ।
जिल्ला स्तरीय अगुवा कार्यकता भेलालाई तम्घासमा सम्बोधन गर्दै अध्यक्ष नेपालले गुल्मीमा एमालेलाई जित्न नदिने बताएका हुन् ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा एमालेलाई हराउन एकीकृत समाजवादीकी सचिव तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई केही दिन जिल्लामा बसेर काम गर्न अध्यक्ष नेपालले निर्देशन दिए । ‘जसरी राजतन्त्र हटाउन आन्दोलनमा उत्रिएका थियौं, अब ओली प्रवृत्तिका निम्ति सबै शक्ति एक भएर अगाडी बढनेछौं’ उनले भने ।
नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अंहकारी सोचका कारण सातै प्रदेशमा एमालेमाथि सूर्य ग्रहण लागेको टिप्पणी गरे । एमालेमा विचार, सिद्धान्त केही नभई ओलीका आसेपासेहरु मात्र रहेको उनले आरोप लगाए ।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया