


परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता



काठमाडौं
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको हो ।
भ्रमण तालिका अनुसार दुई परराष्ट्रमन्त्रीबीच शनिबार भएको छलफलपछि प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ । त्यसपछि शनिबार नै नेपाल र चीनबीच विभिन्न सम्झौतामा दुईपक्षीय छलफल हुनेछ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन् । शुक्रबार नेपाल आएका विदेशमन्त्री यी आइतबार स्वदेश फर्किनेछन् ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया