

सर्वाधिक छिटो ५० विकेट लिने सन्दीप विश्वकै दोस्रो बलर


काठमाण्डाै
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एकदिवसीय क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।
साथै उनी सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो बलर बनेका छन् । सन्दीपले पपुवा न्युगिनी पीएनजीसँगको दोस्रो एकदिवसीयमा १३ औं ओभरको पहिलो बलमा चार्ल्स अमिनीलाई ३५ रनमा एलबीडब्लू आउट गरेका हुन् । सन्दीपले २२ खेलमा ५० विकेट पूरा गरेका छन् । एकदिवसीयमा सर्वाधिक छिटो ५० विकेट लिने किर्तिमान श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ । उनले १९ खेलमा ५० विकेट लिएका हुन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया