


जनता प्रगतिशील पार्टी नेपालको कृष्णनगरमा वडा कमिटी गठन



कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं १ मा जनता प्रगतिशील पार्टी नेपालको वडा कमिटि गठन भएको छ । जयकरन प्रसाद मौर्याको अध्यक्षता रहेको कमिटिमा उपाध्यक्षमा राम निवास तिवारी, हरि शंकर उपाध्याय सचिवमा, रमजान अलि कोषाध्यक्ष लगायत ११ सदस्यी वडा कमिटी गठन गरिएको छ ।
जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेन्द्र मिश्र) को प्रमुख आतिथ्य तथा जप्रपा कपिलवस्तु जिल्ला अध्यक्ष चक्रधारी पाण्डेयको विशिष्ट अतिथ्यमा वडा कमिटी गठन गरिएको हो ।
साथै केहि दिन अघि विजयनगर गाउँपालिका वडा नं ३ मा रहेको भुनेश्वरी मा.वि. जगदीशपुरका व्यवस्थापन समिति अध्यक्ष विजयनगर वडा नं ४ बस्ने दयाशंकर यादव नेपाली कांग्रेस परित्याग गरि जनता प्रगतिशील पार्टी नेपालमा पार्टीको महासचिव ईश्वर दयाल मिश्रले प्रवेश गराएका थिए ।
कम समयमा जनता प्रगतिशील पार्टी नेपाल लोकप्रिय बन्दै गएको वडा, पालिका, जिल्ला स्तरको कमिटी विस्तार गर्दै जाने र जनता प्रगतिशील पार्टी नेपाल लाई उचाई सम्म पुर्याउने पार्टीका केन्द्रीय महासचिव मिश्रले बताउनुभयो ।
साथै भोली कृष्णनगर नगरपालिका वडा नं ५ गुलरीको बगैचामा वडा कमिटी गठन हुने जनता प्रगतिशील पार्टी कृष्णनगर अध्यक्ष राकेश यादवले जानकारी दिए ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया