

माथिल्लाे अरुणमा लगानी डुब्छ कि भनेर डराउनु पर्दैन : मन्त्री शर्मा



काठमाण्डाै
अर्थमन्त्री जनार्दन शर्माले माथिल्लाे अरुण जलविद्युत् परियाेजनामा लगानीकर्ताहरूले लगानी डुब्छ कि भनेर डराउनुनपर्ने बताउनुभएकाे छ । उहाँले यो परियोजना सरकारको लगानी भएकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।
आज मङ्गलवार नेपाल विद्युत् प्राधिकरणले परियोजनामा लगानी जुटाउने उद्देश्यले आयाेजना गरेकाे बैंक तथा वित्तीय संस्था र सार्वजनिक वित्तीय संस्थासँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले परियोजनाका लागि लगानी कोषले मात्रै एक खर्ब रुपैयाँ लगानी गर्न तयार रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘आयोजना घाटामा गएर लगानी डुब्छ कि भन्न पाइयो तर त्यस्तो हुँदैन । सरकारकै लगानी हो । त्यसैले त्यस्तो हुँदैन भन्ने लगानी गर्ने संस्थाहरूलाई विश्वास दिलाउन चाहन्छु । तपाईँहरू ढुक्कसँग लगानी गर्नुहाेस् । यसमा सञ्चय कोष, बैंक, बीमा संस्थानसँग पैसा छ । धितोपत्र, नेप्सेलाई पुँजी निर्माण गर्नुहाेस् भनिएको छ । पूर्वाधार विकासमा लगानी गर्नुपर्छ । पैसा छ । हाम्रो पैसाको समस्या होइन । हाम्रो समस्या सही योजना, व्यवस्थापन र समयको सदुपयोगमा समस्या हो । यो देशकै समस्या हो । राजनीतिक रूपमा व्यवस्थापकीय समस्या हो । यी सबै विषयमा वृद्धि विकास गर्नुपर्छ ।’
मन्त्री शर्माले माथिल्लो अरुण जलविद्युत् परियोजना निर्माणमा लगानीका लागि कुनै पनि समस्या नभएको बताउनुभयाे । उहाँले सरकार माथिल्लो अरुण मात्रै नभएर अरुणसँगै बुढीगण्डकी, मुगु, कर्णालीलगायत अन्य जलाशययुक्त आयोजना तत्काल अगाडि बढाउने तयारीमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘माथिल्लाे अरुणका लागि लगानीकाे समस्या हाेइन । यसका लागि लगानी हाम्रा भएका संस्थानहरूबाट नभए अन्तबाट खोजेर भए पनि ल्याउन सकिन्छ । हामी यसरी काम गर्छाैँ भन्ने बलियो प्रतिबद्धता चाहिन्छ । त्यसका लागि स्पष्ट नीति पनि चाहिन्छ ।’
अब कसैसँग ऋण लिँदा जुन परियोजनाका लागि ऋण लिएको हो त्यही आयोजनाले तिर्ने व्यवस्था गरिने अर्थ मन्त्री शर्माको भनाइ छ । उहाँले मन्त्री शर्माले माथिल्लो अरुणमा स्थानीयवासीको समेत लगानी रहने गरी शेयर संरचना तयार पारिने बताउनुभयो ।


खबर सबै
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार







प्रतिक्रिया