


रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन



रुपन्देहीमा उत्पादन भएको ‘साई कृपा गोल्ड चिया’ उपभोग गर्न अयोग्य (दूषित) खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ।
विभाग तथा मातहतका निकायले गरेको बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा खाद्य पदार्थ दूषित पाइएपछि विभागले सम्बन्धित उत्पादकलाई उक्त ब्याचका सम्पूर्ण चिया बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको हो।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम महानिर्देशकको निर्णयअनुसार यस्तो आदेश जारी गरेको जनाएको छ। साथै ऐनको दफा ३८ को उपदफा (४) बमोजिम उक्त चियाको बिक्री तथा वितरण नगर्न र नगराउन समेत निर्देशन दिइएको छ।
विभागको आदेशअनुसार साई कृपा चिया उद्योग प्रालि, रुपन्देहीले उत्पादन गरेको १ हजार ग्रामको ‘साई कृपा गोल्ड चिया’ फिर्ता गर्नुपर्नेछ। फिर्ता गर्न भनिएको चियाको ब्याच नम्बर ८३.D.०५ रहेको छ।
उक्त चियाको उत्पादन मिति जुलाई २०२६ रहेको र उत्पादन मितिदेखि १८ महिनाको उपभोग्य अवधि (Best Before) तोकिएको विभागको विवरणमा उल्लेख छ।
विभागले मानव स्वास्थ्यका दृष्टिले दूषित देखिएको उक्त ब्याचको चिया बजारमा उपलब्ध भए तत्काल फिर्ता लिन उत्पादकलाई निर्देशन दिएको हो। साथै उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले सम्बन्धित ब्याचको चिया बिक्री–वितरण रोक्नसमेत आग्रह गरिएको छ।


खबर सबै
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन






प्रतिक्रिया