

लोकतान्त्रिक आन्दोलन जोगाउन एमालेले जित्नुपर्छ : ओली



काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक आन्दोलनको रक्षा गर्न एमालेले आगामी चुनाव जित्नुपर्ने बताएका छन् । बुधबार बबरमहलमा सुरु पार्टी केन्द्रीय कमिटी बैठकमा ओलीले एमाले वामपन्थी मात्रै नभएर पुरानो लोकतान्त्रिक पार्टी भएको बताए ।
‘हामी वामपन्थी मात्र नभई लोकतान्त्रिक आन्दोलनको मूलधार बोकेको पार्टी हो भन्न कुनै गाह्रो मान्नुपर्दैन’, ओलीले भने । अहिले लोकतन्त्र र प्राप्त उपलब्धी रक्षा गर्नुपर्ने खास परिस्थिति रहेको अध्यक्ष ओलीले बताए ।
‘लोकतन्त्र रहने कि नरहने, न्यायिक समाजको स्थापना हुने कि नहुने, प्राप्त उपलब्धीहरुको रक्षा हुने कि नहुने भन्ने मूख्य कुरा हो’, उनले भने । अध्यक्ष ओलीले लोकतन्त्र र प्राप्त उपलब्धीको रक्षा गर्न एमालेले आगामी स्थानीय चुनाव जित्नुपर्ने बताए ।
‘..सुखी नेपाल, समृद्ध नेपालको अभिभारा पूरा गर्ने दायित्व हामीसँग छ । त्यो सबै गर्न चुनाव जित्नुपर्छ’, ओलीले भने ।


खबर सबै
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार







प्रतिक्रिया