

श्रीमान्को हँसिया प्रहारबाट श्रीमतीसहित २ जना घाइते



बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा श्रीमान्को हँसिया प्रहारबाट श्रीमतीसहित २ जना घाइते भएका छन् । बुटवल ११ देवीनगरकी ३३ वर्षीय लक्ष्मी विष्ट र उनकी भाउजु शर्मिला मल्ल विष्ट घाइते भएका हुन् ।
लक्ष्मी विष्टका श्रीमान् ३५ वर्षीय रामकमल कोइरीले श्रीमतीलाई हँसिया प्रहार गरी आक्रमण गर्ने क्रममा लक्ष्मीलाई बचाउन गएकी शर्मिलासमेत घाइते भएकी हुन् । घाइतेहरूको हात, खुट्टा, कम्मर, टाउकोलगायतमा चोट लागेको छ ।
गम्भीर घाइते भएका लक्ष्मी र शर्मिलाको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयका डीएसपी ठगबहादुर केसीले बताए । उनका अनुसार रोजगारीका लागि कतार गएका कोइरी सोमबार साँझ ८ बजे घर फर्किएका थिए । घर आएपछि आफू नहुँदा परपुरुषसँग सम्बन्ध राखेको भन्दै उनले आक्रमण गरेका थिए । आक्रमणबाट बचाउन जाँदा उनकी भाउजू पनि घाइते भएकी थिइन् ।
अभियुक्त कोइरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया थालेको डीएसपी केसीले बताए । छिमेकी राधिका कँडेलका अनुसार लक्ष्मीले २०६५ सालमा प्रेम विवाह गरेकी थिइन् । उनीहरूबीच विवाहपछि खटपट सुरु हुँदै गएको थियो ।
#ekantipur/अमृता अनमोल


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया