

पीएनजीविरुद्ध नेपाललाई सहज जितको अपेक्षा

काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज (मंगलबार) पपुवा न्युगिनी (पीएनजी) सँग खैल्दैछ । पहिलो खेलमा पीएनजीलाई दुई विकेटले हराएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । तर, पछिल्ला दुई खेलमा कमजोर देखिएको नेपाललाई पीएनजीसँग डर छ । किनभने पीएनजीले घरेलु टोली यूएईलाई सहजै हराएको थियो ।
पीएनजीसँगको इतिहास हेर्दा नेपाल बलियो टोली हो । तीन एकदिवसीय खेल खेलेको छ । सबै खेलमा नेपालले जित निकालेको छ । नेपाली टोलीको ब्याटिङ अहिले कमजोर छ । नेपालका रोहित पौड्यल र आरिफ शेख बाहेक अन्य ब्याट्सम्यान चल्न सकेका छैनन् ।
नेपालका मुख्य चार ब्याटर कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र आसिफ शेखको ब्याटबाट राम्रो रन निस्केको छैन् । ज्ञानेन्द्र मल्लले पछिल्लो दुई खेलमा ५८ रन बनाउन बाहेक अन्य ब्याटरको आशा लाग्दो प्रदर्शन छैन ।
बलिङतर्फ बलियो बनेको नेपाल ब्याटिङमा भने कमजोर छ । त्यसैले आजको खेलमा पनि नेपाललाई सहज हुने छैन् । नेपाली ब्याटरले जिम्मेवार पना नदेखाउँदा नेपालको चार अंक गुम्यो । यूएई सिरिजको तीन खेल खेलिसक्दा पछिल्लो दुई खेलमा नेपाल पराजित भएको छ । नेपालले दुई खेल यूएईसँग हारेको थियो भने पीएनजीले तेस्रो खेलमा यूएईलाई हराएको थियो ।
पीएनजीले भने सुरुआती दुई खेलमा हार व्यहोरेको थियो । यूएई सिरिजमा नेपाल तथा पीएनजीको अन्तिम खेल हो । दुबई क्रिकेट रंगशालामा नेपालले पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।
लिग टूमा नेपाल ११ खेलमा ५ जित निकाल्दै १० अंक बनाएर तालिकाको छैटौं स्थानमा छ । यता पीएनजी १५ खेलबाट २ अंक जोडेर पुछारमा छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया