

नेपालगन्जबाट रेडपाण्डाको छाला र तीन किलो चरेससहित ६ जना पक्राउ



नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले आइतबार बिहान दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला र तीन किलो चरेशसहित पक्राउ परेका ६ जनालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ।
रेडपाण्डाको छाला बिक्री वितरण हुँदै छ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी बाँकेबाट प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको कमान्डको टोलीले आइतबार बिहान साढे ११ बजे नेपालगन्ज १२ स्थित नेपालगन्ज मेडिकल कलेजको ९ नर्सिङ होम० पश्चिमतर्फ रहेको अञ्जन होटेलको १०५ नम्बर कोठाबाट २ थान दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेले आज दिउँसो कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका ३ डोल्पाका २३ वर्षीय बिकेश बोहरा, सोही स्थानकै ३६ वर्षीय हर्कबहादुर बिक, सोही वडाकै २२ वर्षीय राम कृष्ण शाही र ठुलो भेरी नगरपालिका ९ डोल्पा २५ वर्षीय सुकराम बिक रहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार मध्याह्न १२ बजे ३ किलो चरेशसहित पक्राउ परेका अन्य २ जनालाई पनि पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ।
नेपालगन्ज २ स्थित पुष्पलाल चोक नजिक रहेको दङ्गाली स्याङ्जाली होटेलमा चरेशको बिक्री वितरण हुँदै छ भन्ने सूचनाका आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले सोही होटेलकै कोठा नम्बर ७ बाट प्लास्टिकमा बेरिएर राखेको अवस्थामा ३ केजी चरेशसहित पक्राउ परेका खाँडाचक्र नगरपालिका ९ कालिकोटका २५ वर्षीय प्रवीण विष्ट , सोही नगरपालिकाको वडा नम्बर ७ का २३ वर्षीय राजकुमार कार्कीलाई बाँके प्रहरीले सार्वजनिक गरेको हो।
छुट्टाछुट्टै घटनामा पक्राउ परेका ६ जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया