

तालमेल गरेर भन्दा पनि आफ्नै खुट्टामा उभिएर स्थानीय तहको चुनावमा जान्छौँ : प्रचण्ड



काठमाण्डाै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तालमेल गरेर भन्दा पनि आफ्नै खुट्टामा उभिएर स्थानीय तहको चुनावमा जाने बताउनु भएको छ । तर गठबन्धनको आवश्यकता भने अझै कायमै रहेको उहाँको भनाइ छ ।
बिहान पोखरामा पत्रकारसँगको कुराकानीमा प्रचण्डले माओवादी अरू दलसँग तालमेलका लागि भन्दा पनि तालमेल गर्न अरू दलले माओवादी खोज्दै आउनुपर्ने अवस्था रहेको दाबी गर्नुभयो ।
उहाँले आफ्नै बलमा अबको चुनाव लड्ने जिकिर पनि गर्नुभयो । यस्तै, चुनावी गठबन्धनबारे सोधिएको प्रश्नमा उहाँले अहिलेको सत्ता गठबन्धनको विकल्प नसोचेको बताउनुभयो । तर, धेरै कुरा कांग्रेसमा भर पर्ने उहाँको भनाइ छ । यस्तै, आफूले तत्कालै नेकपा एमालेसँग गठबन्धन भइहाल्छ भन्न नखोजेको पनि उहाँले स्पष्ट पार्नु भएको छ ।
अस्ति शुक्रवार बुटवलमा आयोजित कार्यक्रममा प्रचण्डले एमालेसँग गठबन्धन नहोला भन्न सकिन्न भनेर अभिव्यक्ति दिनु भएको थियो । त्यो कुरा आफूले राजनीतिक र सैद्धान्तिक रुपमा भनेको उहाँको प्रष्टीकरण छ ।


खबर सबै
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार







प्रतिक्रिया