

एकदिवसीय क्रिकेट शृङ्खला खेल्न नेपाली टोली श्रीलङ्काबाट यूएई प्रस्थान


काठमाण्डाै
आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खला खेल्न नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) गएको छ ।
अभ्यास खेलका लागि श्रीलङ्कामा रहेको नेपाली टोली उतैबाट यूएई गएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । श्रीलङ्कामा नेपालले तीन वटा खेल जितेको थियो भने एउटामा पराजित भएको थियो ।
यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको शृङ्खलाअन्तर्गत नेपालले आफ्नो पहिलो खेल चैत २ गते पीएनजीसँग खेल्नेछ । यस्तै दोस्रो खेल चैत ४ गते यूएईसँग, तेस्रो खेल चैत ७ गते यूएईसँग नै र चैत ८ गते अन्तिम खेल पीएनजीसँग खेल्नेछ ।
विश्व क्रिकेट लिग–२ मा आठ खेलमा आठ अङ्कसहित नेपाल छैटाैँ स्थानमा छ । यूएई तेस्रो र पीएनजी पुछारमा रहेको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया