

स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा हात्तिपाइले विरुद्धको ओैषधि सेवन गर्न नगर प्रमुख शाहको अपिल


कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा आज देखि हात्ती पाइले रोग विरूद्धको औषधि सेवन कार्यको समुद्घाटन कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले औषधि सेवन गरि समुद्घाटन गरेका छन् ।
कृष्णनगर नगरपालिकाको बहादुरगंजमा रहेको शिवराज अस्पतालमा नगर प्रमुख शाहले समुद्घाटन गर्दै नगर भित्रका २ बर्ष भन्दा तल र गर्भवती महिला बाहेक सबैलाई हात्ती पाईले बिरूद्ध को औषधि खान आग्रह गर्दै नगर लाई हात्ती पाईले रोग मुक्त नगरपालिका बनाउन अपिल गरे ।
कार्यक्रम आज बाट सुरू भइ १४ दिन सम्म चल्ने र घर घरमा गइ चिकित्सक ले हात्ती पाइले रोग बिरूद्धको औषधि आफनै निगरानीमा खुवाउने कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक शंकर भट्टराईले बताउनुभयो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया