

रोग निर्मूल नभएपछि कपिलवस्तुमा १४औँ पटक हात्तिपाइले बिरुद्धको औषधी अभियान


कपिलवस्तु ।
कपिलवस्तुमा शनिबार देखि हात्तिपाईले बिरुद्ध १४ औँ पटक औषधी सेवन अभियान संचालन गरिएको छ । यस अघिका वर्षहरुमा नागरिकहरुले पूर्ण मात्रामा औषधी नखाएपछि कपिलवस्तुमा औषधी खुवाउने अभियान १४ औँ वर्ष सम्म चलिरहेको छ ।
कपिलवस्तुमा हात्तिपाईलेका बिरामीहरुको संख्या पूर्ण निमूल नभएका कारण यसपटक पनि औषधी अभियान संचालन गर्नुपरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यता जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ९ मा शनिबार देखि नागरिकहरुलाई तोकिएका स्थानहरुबाट औषधी खुनाउन सुरु गरिएको भलवाड स्वास्थ्य चौकी प्रमूख जितविकास रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ९ मा मात्रै करिब ८ हजार बढी नागरिकहरुलाई औषधी खुवाउने लक्ष्य छ । यस अघि घरमा लगेर खान पनि दिइएकोमा यस पटक भने स्वास्थ्यकर्मीहरुको अगाडी नै औषधी सेवन गराइएको छ । रायमाझीका अनुसार औषधीका बारेमा गलत धारणा विकास गरिएको र त्यसको असर कपिलवस्तुमा १४ वर्ष सम्म खानुपर्ने स्थिति सिर्जना भएको छ । लगातार ६ वर्ष पूर्ण मात्रा औषधी सेवन गरे रोग निमूल भएको मानिने भए पनि कपिलवस्तुमा मानिसहरुले औषधी सेवन नगरिदिएका कारण हात्तिपाइले निर्मूल पार्न चुनौतिपूर्ण भएको स्वास्थ्य चौकी प्रमूल रायमाझीले बताउनुभयो । यस पटक गत वर्ष भन्दा फरक किसिमले औषधी खुवाइएको छ । व्यक्तिको उचाईका आधारमा औषधी दिइएको रायमाझीले बताउनुभयो ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ९ मा हात्तीपाइले रोग निवारण अभियान कार्यक्रम अन्तर्गत वडाका ३ वटा केन्द्रमा औषधि खुवाउने कार्यक्रमको शुभारम्भ गरिएको छ । जसअन्तर्गत शुद्धोधन मा।वी जिनुवा केन्द्रमा वडा अध्यक्ष धुर्ब बेल्बासे र समाजसेवी जन्जिर प्रसाद चौधरीले हात्तीपाइले रोग विरुद्धको औषधिको सेवन गरि अभियानको सुभारम्भ गर्नुभएको छ ।
हात्तीपाइले रोग विरुद्धको औषधी खाने अभियानलाई सफल पार्न भलवाड स्वास्थ्य चौकीको आयोजनामा समुदाय स्तरमा जनप्रतिनिधि,बिद्यालय ,टोल विकास संस्था र बिभिन्न संघ संस्था लगाएत सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ ।
यस अघिका वर्षहरुमा समेत यो रोगविरुद्ध अभियानरुपी औषधी सेवन कार्यक्रम गरिएको भए पनि रोग निर्मूल हुन सकेको छैन । नागरिकहरुले औषधीको सेवन नगरेकै कारण रोग निवारणमा चुनौति थपिएको स्वास्थ्यकर्मीहरुको बुझाई छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह







प्रतिक्रिया