

सबै दल किसान प्रति उतरदायी हुनुपर्छ : महासचिव मिश्र



कृष्णनगर ।
कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ९ मा जनता प्रगतिशील पार्टी नेपालको राम टहल मुराउको अध्यक्षतामा २१ सदस्यि वडा कमिटी गठन गरिएको छ ।
जनता प्रगतिशील पार्टीका केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खां तथा केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र)को प्रमुख अतिथ्यमा कमिटी गठन गरिएको छ ।
कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खानले आफ्नो परिवारले जनताका लागि दिएको बलिदान सबैमा अवगत नै रहेको बताउदै जनता प्रगतिशील पार्टी सबैको साझा पार्टी भएकाले सबैलाई पार्टी मा आउन आह्वान गर्दै अबको लडाई किसानको हक अधिकारका लागि सबै मिलेर लड्नु पर्ने बताउनुभयो । उहाले जिल्लामा सबैभन्दा उत्त्तम पार्टी सावित हुने र किसानको हितमा काम गर्ने भएकाले एक दिन सबै पार्टी आफ्नो प्रमुख मुद्दा किसानको समस्या लाई जोड्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्रले किसानको हक अधिकारका लागि लड्ने एक मात्र पार्टी यही रहेको दाबी गर्नुभयो । हामी मिलेर चकलाबंदी, उत्पादन गरेको अन्नको मूल्य, समयमा मलको सहजता लगायत किसानको सम्पूर्ण हक अधिकारका लागि आफूहरू यहि पार्टी मार्फत जाने जनता हरूको अधिकारका लागि आफू सधै लडिरहेको र क्षेत्रमा विकास मेरो पहलमा कति भयो जनता माझ अवगत नै छ उहाँले भन्नुभयो, अबको स्थानीय चुनावमा महाराजगंज नगरपालिका बाट जनता प्रगतिशील पार्टीले आफ्नो उम्मेदवार वडा सदस्य देखि मेयर पद सम्म उठाउने उहाँको भनाई थियो ।
शिवराज नगरपालिकाका जनता प्रगतिशील पार्टी नेपालका नेता राम निवास यादव, लगायतले कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीको किन उदय भयो, यो पार्टीको आवस्यकता किन छ, भन्ने विषयमा प्रकाश पार्नुभएको थियो ।
पार्टी दर्ता भएपछि पार्टी लोकप्रियता पाउदै गएको साथै पछिल्लो समयमा जनता प्रगतिशील पार्टी नेपालमा जनता हरू पार्टीको सदस्य हुने होडबाजी चलिरहेको स्थानीयहरूले दाबी गरेका छन् ।
कम समयमा जनता प्रगतिशील पार्टी नेपाल लोकप्रिय बन्दै गएको वडा, पालिका, जिल्ला स्तरको कमिटी विस्तार गर्दै जाने र जनता प्रगतिशील पार्टी नेपाल लाई उचाई सम्म पुर्याउने पार्टीका केन्द्रीय महासचिव मिश्रले दाबी गर्नुभयो ।
यसैबीच उता जसपा जिल्ला युवा संघ अध्यक्ष तथा महाराजगंज नगरपालिका अध्यक्ष पद परित्याग गरिहालै जनता प्रगतिशील पार्टीमा प्रवेश गरेका युवा नेता मोहम्मद हईले कार्यक्रममा बोल्दै यो पार्टी किसान, मजदूर, गरिब, सोषित तथा पिडित हरूको पार्टी रहेको बताउनुभयो ।


खबर सबै
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार







प्रतिक्रिया