

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज श्रीलङ्काका चर्चित खेलाडीहरुसँग खेल्दै

काठमाण्डाै
अभ्यास खेलको लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अन्तिम खेल खेल्दैछ ।
कोलम्बोमा बिहान सवा ११ बजेपछि हुने खेलमा नेपालले श्रीलङ्का संयुक्त-११ सँग खेल्दैछ ।
श्रीलङ्का-११ को टिमबाट राष्ट्रिय टोलीका महत्त्वपूर्ण पूर्व खेलाडी पनि खेल्ने भएकाले आजको खेललाई महत्त्वका साथ हेरिएको छ ।
नेपालसँग खेल्ने श्रीलङ्काको संयुक्त-११ मा उपुल थरङ्गा, थिसारा परेरा, धम्मिका प्रसाद, सिक्कुगे प्रसन्ना, दिलरुवान परेरा, दिलसान मुनाविरा र सन्दुन विराक्कोडी जस्ता पूर्व राष्ट्रिय क्रिकेटर रहेका छन् । नेपालले यसअघि भएका तीन वटै अभ्यास खेल जितेको छ ।
विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत यूएईमा हुने एक दिवसीय श्रृङ्खलाको तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा अभ्यास खेल खेलेको हो । नेपाल, पपुवा न्युगिनी र यूएईबीचको श्रृङ्खला आउँदो चैत १ गतेदेखि सुरु हुँदैछ ।
नेपालले चैत २ गते पपुवा न्युगिनीसँग खेल्नेछ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया