

मृत्युपश्चातको अङ्गदान गर्न स्वास्थ्य मन्त्री खतिवडाकाे आग्रह



काठमाण्डाै
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अङ्गदान गर्न आग्रह गर्नुभएको छ ।
बिहीवार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिँदै मन्त्री खतिवडाले मृत्युपश्चात अङ्गदान गर्न सबैलाई आग्रह गर्नुभएको हो । मृत्युपश्चातको अङ्ग दान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने उहाँले बताउनुभयो ।
मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न पाउने समूह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समूहलाई ठूलो बनाएको बताउनुभयो । नाता पर्नेजति सबैले मिर्गाैला दान गर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो ।
‘मृगौला पीडितले आफूलाई मृगौला दिने, म्याच गर्ने मान्छेहरुको खोजी गर्न नसक्नाले पनि केही मान्छेहरु उपचारबाट वञ्चित भएको देखिएको हाे । अहिलेसम्म हामीले नेपाल सरकारको तर्फबाट मृगौला खोजेर गरिदिने भन्ने परिस्थितिमा हामी छैनौँ । पहिला कानून साँघुरो थियो, फेरि यसलाई दुरुपयोग पनि भएको हुनाले हामीले कानून बनाउनु परेको हो’ उहाँले भन्नुभयो, ‘अहिले दान गर्न पाउने सर्कललाई हामीले ठूलो बनाएका छौँ । नाता पर्नेजति सबैले पाउँछ । हामीले मृत्युपश्चातको अङ्ग दान पनि गर्न सक्छौँ । मृत्युपश्चातको अङ्ग दान गर्न सक्यौँ भने अझ मिर्गौला पीडितहरुले धेरै सुविधा पाउन सक्नुहुन्छ ।’
मन्त्री खतिवडाले मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरु पनि मृगौला नफेरेका व्यक्तिहरु जस्तै स्वस्थ हुनसक्ने भन्दै आत्तिन नहुने बताउनुभयो । मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरुले चिन्तित भएर आफूलाई कमजोर बनाउन नहुने उहाँको भनाइ छ ।


खबर सबै
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार







प्रतिक्रिया