जसपा कपिलवस्तुले थाल्यो चुनाव केन्द्रित गतिविधि

कपिलवस्तु ।

जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले सोमबार पदाधिकारी बैठक सम्पन्न गरेको छ । जिल्लाको तौलिहवामा सम्पन्न बैठकमा जसपा जिल्ला अध्यक्ष शैलेन्द्र यादवको अध्यक्षता सहित पार्टीका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको जसपा कपिलवस्तुले जानकारी दिएको छ ।
सम्पन्न बैठकले आउँदो स्थानीय तह निर्वाचनको लागि पुर्ण सक्रियताका साथ जिल्लाका दशैवटा स्थानीय तहहरुमा तत्काल विस्तारित बैठक बस्नका लागि पार्टीका सबै निकायलाई निर्देशन गरेको छ ।
सो अनुसार कृष्णनगर नगरपालिका फागुन २५ गते, शुद्धोधन गाउँपालिकामा २६ गते, यशोधरा गाउँपालिका र शिवराज नगरपालिकामा फाल्गुण २७ गते, कपिलवस्तु नगरपालिका र बुद्धभुमि नगरपालिकामा २८ गतेका लागि मिति तय गरिएको जिल्ला अध्यक्ष शैलेन्द्र यादवले जानकारी दिनुभयो । यस्तै बाणगंगा नगरपालिका र बिजयनगर गाउँपालिकामा २९ गते बैठक बस्ने छ भने जिल्लाको महाराजगञ्ज नगरपालिका र मायादेवी गाउँपालिकामा ३० गते बैठक बसी चुनावी रणनिति तय गर्न जसपाले पार्टी पंक्तिलाई निर्देशन गरेको छ ।

पालिका स्तरको बैठक सकिएसँगै जसपा कपिलवस्तु जिल्ला समन्वय समितिको पुर्ण बैठक प्रतिबेदन सहित जिल्ला पार्टी कार्यलय तौलिहवामा चैत ५ गते आयोजना गरीने पनि यादवले बताउनुभयो । चुनावको मिति नजिकिन लागे सँगै जसपाले कपिलवस्तुमा आफ्नो चुनावी तयारी गतिविधिलाई सक्रिय बनाउन लागेको हो ।

प्रतिक्रिया

खबर सबै