

पुनरागमन जितसहित बार्सिलोना तेस्रो स्थानमा





काठमाडौं
बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार एल्चेविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै तेस्रो स्थानमा उक्लेको हो ।
एक गोलले पछि परेको स्थितिमा बार्सिलोनाका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका फेरान टोरेस र मेम्फिस डिपाएले दोस्रो हाफमा गोल गरे ।
घरेलु मैदानमा भएको खेलको ४४औं मिनेटमा फिडेलले गोल गर्दै एल्चेलाई पहिले अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा बार्सिलोनाले पुनरागमन गर्यो । ६०औं मिनेटमा फेरान टोरेसले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।
डिपाएले ८४औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।
जितपछि २६ खेलबाट ४८ अंक जोडेको बार्सिलोना यस सिजन दोस्रो पटक तेस्रो स्थानमा पुगेको छ । पहिलो चरणमै तेस्रो स्थानमा रहेको बार्सिलोनाको प्रदर्शन त्यसपछि खस्किँदै जाँदा नवौं स्थानसम्म झरेको थियो । तर पछिल्लो समयजाभीको प्रशिक्षणमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
बार्सिलोना अझै शीर्ष स्थानको रियल मड्रिडभन्दा १५ र दोस्रो स्थानको सेभियाभन्दा ७ अंङ्कले पछि छ । दुवै टिमले बार्सिलोनाभन्दा एक खेल बढी खेलेका छन् ।
यस्तै २७ खेल खेलिसकेको एट्लेटिको मड्रिडको पनि ४८ अंक रहेपनि बार्सिलोनासँग हेड टु हेडमा पछि रहँदै चौथो स्थानमा छ ।
रियल बेटिसलाई ३-१ ले हराएर एट्लेटिको चौथो स्थानमा पुगेको हो । एट्लेटिकोका लागि जाओ फेलिक्सले दुई तथा थोमस लेमारले एक गोल गरे ।
बेटिस भने हारपछि पाँचौ स्थानमा झरेको छ । बेटिसको २७ खेलबाट ४६ अंक छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया