

होराइजन मा.विमा छन्द प्रशिक्षण तथा काव्य लेखन कार्यक्रम



राधा पाण्डे / कपिलवस्तु
छन्द प्रशिक्षण तथा काव्य लेखन कार्यक्रम सम्पन्न भएको छ । नवसर्जक साहित्य चौतारी नेपाल,लुम्बिनी प्रदेशको मुख्य आयोजना तथा होराइजन आवासीय माध्यमिक विद्यालयको सह आयोजनामा कपिलवस्तु जिल्लाका कवि तथा नवसर्जकहरूका लागि छन्द प्रशिक्षण तथा काव्य लेखन कार्यक्रम होराइजन आवासीय माध्यमिक विद्यालयको सभाहलमा सप्पन्न भएको हो ।
नेपाली साहित्यको उत्कृष्ट बिधा कविता छन्दमा कसरी लेख्ने, लयमा कसरी ढाल्ने भन्ने कुरालाइ कार्यक्रमका प्रमुख प्रशिक्षक ऋषि केशव भारद्वाजले प्रष्ट पार्नुभएको थियो । कपिलवस्तु साहित्यको उर्वर भुमी रहेकोले यसलाइ उचाइमा पुर्याउन कम्मर कसेर लाग्नुपर्ने उहाँले सिकेका कुरा व्यबहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार हरिराज शर्माले छ्न्द प्रशिक्षण कार्यक्रमले नव सर्जकहरुको सिर्जना गर्ने क्षमता निखारिदै जाने बताउनु भयो । सिक्न चाहना गरेका तर अवसर नपाएकाहरुका लागि नवसर्जक साहित्य चौतारी नेपाल,लुम्बिनी प्रदेशले उत्कृष्ट कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा नव कपिलवस्तु साहित्य समाजका अध्यक्ष पशुपति मणि त्रिपाठिले छन्द प्रशिक्षण तथा काव्य लेखन कार्यक्रमले कपिलवस्तुमा धेरै नै स्रस्टा जन्माउने कुरामा आफू विश्वस्त भएको बताउनु भयो ।
यस्तै होराइजन आवासीय माध्यमिक विद्यालयका प्राचार्य वासुदेव घिमिरेले जोशिका जस्ता होनहार प्रतिभा जन्माएको वाणगङगा नगरले यस कार्यक्रमले उर्जा थपेकोले अझै धेरै स्रस्टा जन्माउने बताउँदै उत्कृष्ट कार्यक्रम आयोजना गरेकोले नवसर्जक साहित्य चौतारी नेपाललाइ धन्यवाद दिनुभयो ।
यस्तै वरिष्ठ साहित्यकार मोहन ज्ञवालिले आजको कार्यक्रम उत्कृष्ट रहेको र थप उर्जा प्रदान गरेकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रममा छन्द प्रशिक्षण, नेपाली भाषा लेखन, व्याकरण लेखन लगायत विषयमा छलफल समेत गरिएको थियो । कार्यक्रममा दुई दर्जन बढी नवसर्जकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम नवसर्जक साहित्य चौतारी नेपाल,लुम्बिनी प्रदेशका अध्यक्ष जोशिका कडेल (निशा) को अध्यक्षता तथा राधा पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया