

नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान


काठमाण्डाै
यूएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टुमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान श्रीलंका प्रस्थान गरेको छ ।
विश्वकप क्रिकेट लिग टु मा सहभागी हुनुभन्दा अगाडि नेपालले श्रीलंकामा अभ्यास खेल खेल्नेछ । श्रीलंकामा नेपालले पहिलो श्रेणीका टोलीसँग चार वटा अभ्यास खेल खेल्ने भएको हो । नेपाल, श्रीलंकाबाटै मार्च १४ मा यूएई जाने कार्यक्रम छ ।
त्रिदेशीय श्रृङ्खलाका लागि नेपालबाट १६ खेलाडीलाई अन्तिम सूचीमा राखिएको छ । नेपालले एकदिवसीय शृङ्खलामा यूएई र पपुवा न्यू गिनी (पीएनजी)सँग खेल्नेछ । लिग टु मा नेपालसहित ७ टोली सहभागी छन् । नेपालको राष्ट्रिय टोलीमा कप्तान सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, कमलसिंह ऐरी, बिबेक यादव, सागर ढकाल, पवन सराफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, बिक्रम सोब र भिम शार्की छन् । टोलीलाई हिजो नेपाल क्रिकेट संघ क्यानले विदाइ गरेको थियो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया