

चिटिक्क बन्यो रानीमहल क्षेत्र




पाल्पा ।
पाल्पाको तानसेन नगरपालिकाले रेखदेख र व्यवस्थापन गर्न थालेपछि रानीमहल फेरिएको छ । यसअघि रित्तो दरबारको रुपमा मात्रै रहेको रानीमहल क्षेत्रमा अहिले नगरपालिकाले बिशेष महत्वका साथ काम गरिहेको छ । जसका कारण रानीमहल क्षेत्र चिटिक्क भएको छ ।
रानीमहल क्षेत्रको सरसफाई तथा व्यवस्थापनमा खट्दै आउनुभएका तानसेन नगरपालिकाका सरसफाई अधिकृत शंकर भण्डारीले रानीमहल र यस क्षेत्र पर्यटकीय हिसावले पनि निकै महत्वपुर्ण क्षेत्रको रुपमा रहेकोले यस क्षेत्रत्रलाई थप व्यवस्थित बनाउन नगरपालिका लागिपरेको बताए ।
केही महिनअघि सम्म पनि रानीमहल पुग्नेहरु यहाँको जीर्ण अवस्था देखेपछि निरााश हुँदै फर्कनुपर्ने अवस्था थियो तर अहिले रानीमहललाई राम्रो र सुन्दर बनाइएको छ । यहाँ रातिको समयमा समेत सोलार बत्तीको ब्यवस्था भएको छ । तानसेन नगरपालिकाको वडा नं. १३ वौघागुम्हामा अवस्थित रानीमहल तत्कालीन पाल्पा गौडाका राजा खड्ग शमसेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा स्मृतिमा बनाएका थिए । बि.सं. १९४९ मा सुरु गरेर १९५४ मा निर्माण सम्पन्न भएको रानीमहललाई नेपालको ताजमहल भनेर चिनिए पनि उचित प्रचार प्रसार र संरक्षणको अभावमा भग्नावशेषको रुपमा परिणत भएको थियो ।
पुरातत्व विभाग अन्र्तगत रहेको रानीमहल तानसेन नगरपालिकालाई १० वर्षको लागि हस्तान्तरण गरिएको छ । अहिले दरवार, परिसरहरु सफा देखिन्छन् । रानीमहलको अगाडि फुलको गार्डेन बनाइएको छ । कालीगण्डकी नदीबाट पानी तानेर सरसफाईमा विशेष ध्यान दिइएको छ । ६ किलोेमिटर टाढाबाट पानी ल्याएर दरवार घुम्नेहरुको लागि सफा पिउने पानीको व्यवस्था गरिएको छ । शौचालय देखी सुरक्षा र रेखदेखको लागि सिसी क्यामेरा जडान र ३ जना हेरालुको व्यवस्थापन गरिएको भण्डारीले बताए ।
यो दरबारमा अहिले दरबारको महत्व झल्काउने संग्रहालय पनि सुरु भएको छ । तत्कालिन राजा खड्ग शमसेर र रानी तेजकुमारीको पुर्ण कदको तस्बिर राखिएको छ । दरवार भित्र रानी कक्ष र वैठक कक्ष बनाइएको छ । रानीमहल दरवार निर्माण गर्ने राजा खड्ग शमसेरको पालामा उनले प्रयोग गरेका पुराना र ऐतिहासिक सामाग्रीहरुको खोजी गरी मिनी संग्रहालय बनाइएको तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले बताए । संग्रहालयमा राजाले पूजा गर्ने मुर्तिहरु, पकाउने भाँडाकुडाहरु पन राखिएको उनले बताए ।
दरवारमा रंगरोगन गरी दिर्घकालीन विकासमा तानसेन नगरपालिका जुटेको मेयर शाहीले बताए । दरवार अगाडिको खाली बगर व्यवस्थापन गरी दरवार र परिसरलाई थप राम्रो बनाउने गरि नगरपालिका लागिपरेको उनले बताए ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया