

कोरिया प्रवेश पुन: सुरु



रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत माघको दोस्रो हप्ता रोकिएका सहित थप २३६ नेपाली युवा कोरिया प्रवेश गर्ने भएका छन् ।
कोरोना संक्रमणका कारण माघ १४ गतेदेखि रोकिएको कोरियाको श्रमिकको उडान फागुन २३ बाट सुचारु हुने भएपछि रोकिएका नेपाली युवा कोरिया प्रवेश गर्ने भएका हुन्। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार यसअघि रोकिएकासहित ९८ नयाँ र १ सय ३८ कमिटेड श्रमिक कोरिया जाने भएका हुन् । शाखाका प्राविधिक टेकबहादुर खड्काले दुई वर्षयता कोरियाको रोजगारी सुचारु भएपछि १ हजार ७१ नेपाली कोरिया प्रवेश गरेको जानकारी दिए।
कात्तिक महिनायता दक्षिण कोरिया पुगेका ४१ जना कामदारमा अहिलेसम्म कोभिड रिपोर्ट पोजेटिभ देखिएको र हाल नेपालमा कोरोनाको संक्रमण रहिरहेको जनाउँदै शाखाले अनिवार्य रूपमा स्वास्थ्य प्रोटोकल पालना गरी कोरिया प्रवेश गर्न अनुरोध गरेको छ। १९ गतेदेखि क्वारेन्टाइन बसी सोको जानकारी शाखालाई दिनुपर्ने जनाइएको छ । कोरिया प्रवेशअघि क्वारेन्टाइन बसे नवसेको, स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको विषयमा एचआरडी कोरिया ईपीएस सेन्टर नेपाल र शाखा कार्यालयबाट अनुगमन .गरिने भएको छ।
कोरिया पुगेपछि १० दिन आफ्नै खर्चमा अनिवार्य क्वारेन्टाइन बस्न आवश्यक पर्ने प्रतिदिन एक लाख बीस हजार कोरियन वनका दरले आवश्यक पर्ने १२ लाख वन अर्थात २ लाख १९ हजार रुपैयाँ पनि आवश्यक पर्ने भएको छ। यसका लागि नेपाल राष्ट्र बैंकले तोकेको क’ वर्गका वाणिज्य बैंकहरुबाट अनिवार्य रूपमा डेबिट कार्ड लिनु पर्नेछ। कोरियामा क्वारेन्टाइनमा चेकइन गर्ने बेलामा नै कार्डबाट भुक्तानी गर्नुपर्ने भएकाले कार्ड सञ्चालन भए नभएको नेपालमै यकिन गरेर जानसमेत अनुरोध गरिएको छ।
आजको कारोबार दैनिकमा समाचार छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया