

कोरिया प्रवेश पुन: सुरु



रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत माघको दोस्रो हप्ता रोकिएका सहित थप २३६ नेपाली युवा कोरिया प्रवेश गर्ने भएका छन् ।
कोरोना संक्रमणका कारण माघ १४ गतेदेखि रोकिएको कोरियाको श्रमिकको उडान फागुन २३ बाट सुचारु हुने भएपछि रोकिएका नेपाली युवा कोरिया प्रवेश गर्ने भएका हुन्। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार यसअघि रोकिएकासहित ९८ नयाँ र १ सय ३८ कमिटेड श्रमिक कोरिया जाने भएका हुन् । शाखाका प्राविधिक टेकबहादुर खड्काले दुई वर्षयता कोरियाको रोजगारी सुचारु भएपछि १ हजार ७१ नेपाली कोरिया प्रवेश गरेको जानकारी दिए।
कात्तिक महिनायता दक्षिण कोरिया पुगेका ४१ जना कामदारमा अहिलेसम्म कोभिड रिपोर्ट पोजेटिभ देखिएको र हाल नेपालमा कोरोनाको संक्रमण रहिरहेको जनाउँदै शाखाले अनिवार्य रूपमा स्वास्थ्य प्रोटोकल पालना गरी कोरिया प्रवेश गर्न अनुरोध गरेको छ। १९ गतेदेखि क्वारेन्टाइन बसी सोको जानकारी शाखालाई दिनुपर्ने जनाइएको छ । कोरिया प्रवेशअघि क्वारेन्टाइन बसे नवसेको, स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको विषयमा एचआरडी कोरिया ईपीएस सेन्टर नेपाल र शाखा कार्यालयबाट अनुगमन .गरिने भएको छ।
कोरिया पुगेपछि १० दिन आफ्नै खर्चमा अनिवार्य क्वारेन्टाइन बस्न आवश्यक पर्ने प्रतिदिन एक लाख बीस हजार कोरियन वनका दरले आवश्यक पर्ने १२ लाख वन अर्थात २ लाख १९ हजार रुपैयाँ पनि आवश्यक पर्ने भएको छ। यसका लागि नेपाल राष्ट्र बैंकले तोकेको क’ वर्गका वाणिज्य बैंकहरुबाट अनिवार्य रूपमा डेबिट कार्ड लिनु पर्नेछ। कोरियामा क्वारेन्टाइनमा चेकइन गर्ने बेलामा नै कार्डबाट भुक्तानी गर्नुपर्ने भएकाले कार्ड सञ्चालन भए नभएको नेपालमै यकिन गरेर जानसमेत अनुरोध गरिएको छ।
आजको कारोबार दैनिकमा समाचार छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया