

ए डिभिजन लिग फुटबल : एनआरटीलाई तेस्रो स्थान


काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटी तेस्रो भएको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एनआरटीले तेस्रो स्थान पक्का गरेको हो ।
पहिलो हाफमा आत्मघाती गोलबाट पछि परेको एनआरटीले दोस्रो हाफमा ३ गोल गर्न सफल भयो । एनआरटीको लागि मेसुके ओलेमाउले ह्याट्रिक गरे । एनआरटीका शिव गुरुङले आफ्नै पोस्टमा गोल गरेका थिए । एनआरटीले १३ खेलमा २३ अंक जोड्दा पुलिस भने १३ खेलबाट १२ अंक जोड्दै ११ औं स्थानमा रह्यो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया