

ओमानलाई ९ विकेटले हराएर ग्लोबल क्वालिफायरमा नेपाल तेस्रो



काठमाडौं
नेपालले तेस्रो स्थानमा रहेर आईसीसी टी२० ग्लोबल क्वालिफायर सकाएको छ । अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालको सपना सेमिफाइनलमा युएईसँग हार बेहोरेपछि सकिएको थियो ।
सेमिफाइनलमा पराजित भएको दुई टोलीबीच बिहीबार भएको खेलमा घरेलु टोली ओमानलाई ९ विकेट हराएर नेपाल तेस्रो भएको हो ।
ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेपछि ओमानले दिएको ८८ रनको लक्ष्य नेपालले १७.२ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो । भुर्तेलले ५३ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा अविजित ५५ रन बनाए । यस्तै आरिफ शेखले अविजित २१ रन जोडे ।
पहिलो विकेटका लागि भुर्तेल र आसिफ शेखले ७.३ ओभरमा ५० रनको साझेदारी गरेका थिए । आसिफ शेख १३ रन बनाएर आउट भए । यस प्रतियोगितामा विकेटकिपिङको समेत जिम्मेवारी पाएका आरिफको ब्याटबाट सोचे अनुसारको रन भने निस्कन सकेको छैन ।
त्यसपछि भुर्तेल र आरिफ शेखले मिलेर नेपाललाई जितसम्म पुर्याए । यी दुईले दोस्रो विकेटका लागि अविजित ४० रनको साझेदारी गरे ।
ओमानविरुद्ध अर्धशतक प्रहार गरेका कुशल भुर्तेल नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक ५ अर्धशतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन् । उनले एक शतकसमेत प्रहार गरेका छन् । भुर्तेलले ११ खेलमा कूल ४९८ रन बनाएका छन् । यस्तै पूर्वकप्तान पारस खड्काले टी-२० मा एक शतक र ४ अर्धशतक प्रहार गरेका छन् ।
त्यसअघि मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएपछि ८७ रनमै रोकिएको थियो ।
नेपाली बलरहरू हाबी भएपछि ओमानका कुनै पनि ब्याटरले लामो इनिङ खेल्न सकेनन् । कप्तान जिसन मक्सुद (२१) र आयान खान (१६), नसिम खुसी (१५) र कलिमुल्लाह (१४) ले मात्र दोहोरो अंकको रन छुन सके ।
दोस्रो ओभरमै ओपनर जतिन्दर सिंह रनआउट भएपछि नेपालले पहिलो सफलता पाएको थियो । अर्को ओभरमा कमलसिंह ऐरीले सोएव खानलाई कप्तान सन्दीप लामिछानेबाट क्याच आउट गरे । पाँचौं ओभरमा ओमानका अर्का ओपनर कश्यप प्रजापतीलाई ५ रनको व्यक्तिगत स्कोरमा आउट गरेपछि पावर प्ले मा १९–३ को कमजोर स्थितिमा थियो ।
त्यसयता नेपाली स्पिनरहरू कप्तान लामिछाने, आरिफ शेख र सागर ढकालले विकेट लिइरहे । लामिछानेले सर्वाधिक ३ विकेट लिए । उनले चार ओभरमा १३ रन खर्चिए । आरिफ शेख, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरीले १–१ विकेट लिए । यो प्रतियोगितामा पहिलो खेल खेलेका सागरले ३ ओभरमा १९ रन खर्चिए ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया