कपिलवस्तुको बोडगाउँमा कार र बलेरो ठोक्किए, एक जना घाइते

कपिलवस्तु ।

कपिलवस्तुको बोडगाउँमा सवारी दुर्घटना भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बोलेरो जिप र विपरित दिशातर्फ जाँदै गरेको कार एक आपसमा ठोक्दिा सो दुर्घटना भएको घटना स्थलबाट ई साझाकुराकर्मीले जानकारी गराएका छन् ।

सोमबार साँझ ७ बजे तिरको समयमा बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित बोडगाउँ पेट्रोलपम्प नजिकै सो दुर्घटना भएको हो । बा २० च ११०० नम्बरको कार र प्रदेश ३ ०१–०२२ च ५६०२ नम्बरको बोलेरो ठोक्किएको हो । दुर्घटनमा परी कारमा सवार एक जना घाइते भएका छन् ।

उनलाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल जितपुर लगिएको बताइएको छ । घटना स्थलमा ईलाका प्रहरी कार्यालय पिपराबाट प्रहरीको टोलि पुगेको छ । घटना बारे थप विवरण आउन बाँकी छ । यद्यपी बलेरोमा सवार व्यक्ति काठ्माण्डौबाट धनगढाीका लाग हिडेको बताइएको छ । कार चालकको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाईलाई उदृत गर्दै हाम्रा सहकर्मीले जानकरी दिएका छन् ।

प्रतिक्रिया

खबर सबै