

नेपाल र भारतका टोली सम्मिलित क्रिकेट खेल विराटनगरमा

माेरङ
प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मलित ‘मिल्स कप क्रिकेट’ प्रतियोगिता यही फागुन २० गतेदेखि सुरु हुने भएको छ ।
मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीद्वारा आयोजित प्रतियोगितामा नेपालका र भारतका १६ टोली सम्मिलित खेल विराटनगर जुट मिल मैदानमा हुने छ । एकेडेमीका अध्यक्ष मुरारी चौधरीले नक आउट आधारमा टी–२० क्रिकेट प्रतियागितामा कटिहार क्रिकेट क्लब भारत, जोगबनी क्रिकेट क्लब भारत, भैरहवा क्रिकेट क्लब, जनकपुर क्रिकेट क्लब, बोस्टन क्रिकेट क्लब झापा, होराइजन क्रिकेट क्लब विराटनगर, विराट क्रिकेट क्लब एन्ड एकेडेमी विराटनगर, मिल्स क्रिकेट क्लब विराटनगर रहेको जानकारी दिनुभयो ।
यसैगरी पूर्णिया क्रिकेट क्लब भारत, कानपुर क्रिकेट क्लब भारत, काठमाण्डाै क्रिकेट क्लब, सिरहा क्रिकेट क्लब, सुनसरी–११ क्रिकेट क्लब, पूर्वाञ्चल क्रिकेट क्लब विराटनगर, प्याट्रिक क्रिकेट क्लब झापा, एमसीसीए विराटनगर गरी १६ टोलीको सहभागिता रहने छ ।
प्रतियोगिताका विजयी हुने टाेलीलाई नगद एक लाख ११ हजार, दोस्रोलाई ५१ हजार रुपैयाँ र अन्य विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया