

थप ५७० जनामा कोरोना पुष्टि, ६ को मृत्यु


काठमाडौं
पछिल्लो २४ घण्टामा देशभर थप ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ९ हजार ७८९ जनाको स्वाब परीक्षण हुँदा ५७० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना निको हुँदा ६ जना संक्रमितले ज्यान गुमाएका छन् ।
यस्तै हाल देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेका छन् । यससँगै देशभर कुल कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४ हजार ८५७ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार २५० जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ९ लाख ४६ हजार ३३० जना निको हुँदा कुल ११ हजार ९११ जनाले ज्यान गुमाएका छन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया