

छानबिन समितिको निष्कर्ष : खोप हराएको छैन



कोरोनाविरुद्धको २४ लाख मात्रा खोप हराएको विषयमा छानबिन गर्न बनेको समितिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको छ । समिति संयोजक डा. गुणराज लोहनी संयोजक रहेको समितिले सोमबार प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन बुझाउँदै बाहिर आएजस्तो खोप हराएको विषयमा सत्यता नभएको जनाएको छ ।
समितिका एक सदस्यका अनुसार, खोप हराएको नभई रेकर्ड नराखिएको हो । धेरै स्थानबाट खोप लगाए पनि त्यसको तथ्याङ्क राख्न ढिलाइ हुँदा हराएको प्रचार भएको उनको भनाइ छ । मन्त्री खतिवडाले खोप छानबिन गर्न बनेको समितिले सोमबार प्रतिवेदन बुझाएको जानकारी गराए । उनले प्रतिवेदन बुझेको जानकारी दिँदै प्रतिवेदनमा के छ भनेर आफूले पनि हेर्न नपाएको बताए । मन्त्री खतिवडाले भने, “मङ्गलबार सचिवलाई प्रतिवेदन दिने र केही दिनभित्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिनेछ ।” आफूले प्रतिवेदन बुझे पनि अध्ययन गर्न भने नपाएको उनको भनाइ छ ।
आजको गोरखापत्र पत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया