

कपिलवस्तुकि जोशिका, जो साहित्यिक कार्यक्रममा असफल हुनै जान्दिनन्


राधा पाण्डे
नेपाली साहित्याकाशमा उज्ज्वल नक्षेत्रको नाम हो, जोशिका कडेल (निशा) । सानै उमेरदेखी साहित्यमा रमाउन सुरु गरेकी निशा कविता विधामा निकै अगाडी छिन् । लुम्बिनी प्रदेश शिक्षा ,विज्ञान, युवा तथा खेलकुद मन्त्रालय बुटवलद्वारा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा धेरै कविहरुलाइ पछि पार्दै समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश भन्ने शीर्षकको खुला कविता प्रतियोगितामा उनी दोस्रो स्थान प्राप्त गर्न सफल भएकी छिन् ।
मन्त्रालयले माघ १२ मा सूचना जारी गरि स्रस्टालाइ आफ्ना सिर्जना विधुतिय माध्यमबाट पठाउन आग्रह गरेको थियो । सोही अनुसार उनले भाग लिएकी थिइन् ।
जिल्लाकै एक होनहार प्रतिभाका रुपमा रहेकि निशा हरेक साहित्यिक कार्यक्रममा आफ्नो प्रतिभालाइ प्रस्तुत गर्दै जिल्लालाइ नै चिनाउन सफल भएकी छिन् ।
हजुरबुबा ऋषिकेशव भारद्वाजको प्रेरणाबाट कविता रचना गर्न प्रेरित भएको बताउने निशाले सानै उमेरमा नेपाली साहित्यलाई उचाइमा पुर्याउन अग्रसर छन् । छ्न्दमा नै कविता रचना गर्ने र सुमधुर स्वरमा वाचन गर्ने उनको शैली निकै उत्कृष्ट छ ।
वि. स. २०६५ साल माघ ८ गते पिता दुर्गाराज कंडेल र माता रीता कंडेलको कोखबाट कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा न.८ मा जन्मिएकी बालकवि निशाले ३ वटा कृति प्रकाशित गरिसकेकी छन् । अहिले उनी चिल्ड्रन्ज प्याराडाइज इ.बो.हाईस्कुल कपिलवस्तुमा कक्षा ७ मा अध्ययनरत छन् ।
बालकवी `निशा´ दधी – स्मृति साहित्य समाज कपिलवस्तुबाट प्राची वाल साहित्य पुरस्कार तथा दधि – स्मृति साहित्य सम्मान (२०७५),लीलध्वज साहित्य प्रतिस्ठान काठमाडौंबाट कदर – पत्र (२०७५), बाणगंगा सामुदायिक पुस्तकालय बाणगंगा कपिलवस्तुबाट; बाणगंगा बाल साहित्य पुरस्कार(२०७५), चिल्ड्रन्ज प्यरडाइज इ.बो.हाईस्कुल कपिलवस्तुबाट चिल्ड्रन्ज बाल साहित्य पुरस्कार (२०७५) ,दधि -स्मृति साहित्य समाज कपिलवस्तुको आयोजनामा भएको बाणगंगा आधारभूत तह कक्षा( १-८)सम्मको नगर स्तरीय कविता प्रतियोगितामा प्रथम पुरस्कार ( छ्न्द दिवस बैशाख ८, २०७६), पल्लव साहित्यिक प्रतिष्ठान चितवनबाट शेषनाथ लामिछाने स्मृति वाल सहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान भाद्र २१ (२०७६), डा. कविताराम वाङमय प्रतिष्ठान , काठमाण्डौबाट डा.कविताराम वाल प्रतिभा पुरस्कार कार्तिक २९ (२०७६), निजी तथा आवसीय बिधालय अर्गनाईजेशन , नेपाल बाणगंगा नगर कार्यसमिति कपिलवस्तुबाट प्याब्सन बाणगंगा नगर बालसहित्य सम्मान पौष ४, (२०७६), भवानी भिक्षु स्मृति पुरस्कार लगायत दर्जन बढि पुरस्कार र सम्मानबाट सम्मानित भइसकेकी छन् ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया