

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदै

काठमाण्डाै
शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।
दुई वटा खेल दशरथ रङ्गशाला र एउटा खेल एन्फा कप्लेक्स सातदोबाटोमा हुनेछ ।
दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लब र च्यासल युथ क्लब खेल्दैछन् । खेला दिउँसो एक बजे सुरु हुनेछ । मच्छिन्द्र ९ खेलमा २३ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा ५ अङ्क रहेको च्यासल पुछारमा छ ।
दशरथ रङ्गशालामा आज हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लब बेलुका पौने पाँच बजे खेल्दैछन् । मनाङ ९ खेलमा १९ अङ्क जोडेर दोस्रो स्थानमा छ । थ्री स्टार १६ अङ्कसहित चौथो स्थानमा छ ।
यस्तै एन्फा कप्लेक्स सातदोबाटोमा दिउँसो एक बजे हुने खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन् ।
पुलिस १० अङ्क जोडेर दशौँ स्थानमा छ भने सातदोबाटो १२ अङ्कसहित सातौँ स्थानमा छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया