

ए डिभिजन लिग : आर्मी र जावलाखेलबीच बराबरी


काठमाडौँ
आर्मीले सहिद स्मारक लिग ए डिभिजनअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा जावलाखेललाई १–१ को बराबरीमा रोकेको छ । दशरथ रंगशालामा भएको खेलमा आर्मीका लागि सुमन अर्यालले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा बराबरी गोल गरे । यसअघि जावलाखेलको तर्फबाट ओनगुना जुनियरले ५३ औं मिनेटमा गोल गरे ।
यो नतिजापछि आर्मी १८ अंकमा तेस्रो स्थानमा रह्यो । जावलाखेलको भने नौ अंक भएको छ र टिम ११ औं स्थानमा रह्यो ।
यसअघि दशरथ रंगशालामै भएको दिनको पहिलो खेलमा फ्रेन्ड्सले ब्रिगेड ब्वाइजलाई ५–२ ले हरायो । यसपल्टको लिगमा फ्रेन्ड्सको यो पहिलो जित हो र यससँगै फ्रेन्ड्स रेलिगेसन क्षेत्र छाड्न पनि सफल रह्यो ।
उसको छ अंक भएको छ र १२ औं स्थानमा उक्लेको छ । ब्रिगेड ब्वाइज भने समान छ अंकमा १३ औं स्थानमा झर्यो । यो नतिजापछि च्यासल पाँच अंकमा अन्तिम स्थानमा झरेको छ । फ्रेन्ड्सका लागि सुशील शाह र जमोल एन्थोनीले २/२ गेल गरे ।
अर्को १ गोल श्यामबाबु क्यापछाकीको नाममा रह्यो । ब्रिगेड ब्वाइजका लागि भने ड्यानी जुनियर र अनिल गुरुङले १/१ गोल गरे । अनिलले लिगमा गोल गरेको यो आठ वर्षयता पहिलो हो । उनले अन्तिम पटक ०७० को लिगमा गोल गरेका थिए ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया