

काेराेना सङ्क्रमणबाट एकै दिन १४ जनाकाे ज्यान गयाे, २ हजार जनाभन्दा धेरै निकाे





काठमाण्डाै
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ७८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार एक सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २० हजार नौ सय ८९ जनाको नमुना परीक्षण गर्दा एक हजार एक सय २८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो कुल परीक्षण गरिएका नमुनाको पाँच दशमलव ३७ प्रतिशत हो ।
यस्तै पछिल्लो २४ घण्टामा दुई हजार दुई सय १५ जना निको भएका छन् । अहिले नेपालमा २७ हजार चार सय ४१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार दुई सय ६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । कम्तीमा एक मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ८१ लाख १९ हजार र पूर्ण मात्रा लगाउनेको सङ्ख्या एक करोड ६१ लाख ५९ हजार जना पुगेको छ ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया