

‘ए’ डिभिजन लिगका दशौँ चरणका खेल आउँदो शुक्रवारदेखि


काठमाण्डाै शहीद स्मारक ‘ए’ डिभिजन लिगका दशौँ चरणका खेल आउँदो शुक्रवारदेखि हुने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज मङ्गलवार सूचना निकालेर दशौँदेखि तेह्रौँ चरणसम्मका खेलको तालिका सार्वजनिक गरेको हो ।

यही शुक्रवार फ्रेन्ड्स र ब्रिगेड ब्वाइज तथा त्रिभुवन आर्मी र जावलाखेलबीच खेल हुनेछ । दशौँ चरणका खेल फागुन १ गते सकिनेछन् । ११ औँ चरणका खेल फागुन ३ गतेदेखि, १२ औँ चरणका खेल फागुन ७ गतेदेखि र १३ औँ चरणका खेल फागुन १२ गतेदेखि हुनेछन् ।
नवौँ चरण सकिँदासम्म मच्छिन्द्र २३ अङ्कसहित शीर्ष स्थानमा, मनाङ १९ अङ्कसहित दोस्रो र आर्मी १७ अङ्कसहित तेस्रो स्थानमा छन् । च्यासल र फ्रेन्ड्स रेलिगेशन जोनमा छन् ।









प्रतिक्रिया