

बाणगंगामा विद्यार्थीले लगाए कोरोना बिरुद्ध दोस्रो डोज खोप





राजेन्द्र खनाल, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कोरोना विरुद्धको दोस्रो डोज खोप लगाएका छन् । बाणगंगा स्थित मोतिपुर स्वास्थ्य चौकीबाट खटिएका स्वास्थ्यकर्मीहरुको टोलीले नगरपालिका विभिन्न विद्यालयमा गरी १२ देखि १७ वर्ष उमेर सम्ुहका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दोस्रो डोज खोप लगाएर सकिएको स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकीबाट करिब एक हजार ७ सय विद्यार्थीले कोरोना विरुद्धको दोस्रो मात्रा स्वरुप मेडार्ना खोप लगाएको उहाँले बताउनुभयो । यस अघि पनि विद्यार्थीहरुलाई सोही खोप दिइएको थियो भने अहिले दोस्रो मात्रा पनि दिइएको हो । यस्तै यस अघि विभिन्न कारणले पहिलो खोप लगाउन छुट भएका विद्यार्थीलाई पनि खोप लगाएको स्वास्थ्य चौकी प्रमूख घिमिरेले ई साझालाई जानकारी दिनुभयो ।
सरकारले शिक्षक र विद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोपको पूर्ण मात्रा लगाएपछि विद्यालय संचालनको तयारी गरिरहेका बेला बाणगंगाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु (१२ देखि १७ वर्ष) ले कोरोना विरुद्धको दोस्रो खोप लगाएका हुन । अब दुई डोज खोप लगाएका विद्यार्थीहरुलाई ६ महिना पछि बुस्टर डोज लगाइने छ । उनीहरुलाई सम्बन्धित विद्यालयमै पुगेर स्वास्थ्यकर्मीहरुको टोलीले खोप लगाइदिएका हुन ।
यसैबिच खोप लगाउन छुटेका विद्यार्थीहरुलाई भोली आर्थात बुधबार मोतिपुर स्वास्थ्य चौकीमा खोप लगाउने तयारी गरिएको पनि घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार यस अघि विभिन्न कारणले खोप लगाउन छुटेका वा खोपको पहिलो मात्रा पनि नलगाएका शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, विद्यार्थीहरुले समेत मोतिपुर स्वास्थ्य चौकीमार्फत भोली खोप लगाउन सक्नेछन् ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया