

संचारकर्मी खान र व्यापारी नसरुल्लाहको पहलमा निशुल्क अँखा शिविर हुने


कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिका वड़ा १०को श्री राष्ट्र सेवक आधारभूत (१–५) विद्यालय बकौलीमा भोली अर्थात् माघ २५ गते निशुल्क आँखा शिवीर हुने भएको छ ।
संचारकर्मी शहबाज खान र युवा व्यापारी नसरुल्लाह खाँको पहल तथा नेपाल नेत्र ज्योति संघ, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको आयोजना तथा प्राविधिक सहयोगमा निशुल्क आँखाँ शिविर हुने भएको हो ।
मोतियाबिन्दु भएका आखाँका विरामीहरुलाई छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजमा माघ २६ गते लैजाने व्यवस्था र निशुल्क आप्रेशन गर्ने कार्य अस्पतालले तयारी भएको र आवश्यकता अनुसार चश्मा लाग्ने बिरामीलाई निःशुल्क चश्मा पनि उपलब्ध गराउने छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल प्रशासनले जनाएको छ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया