नयाँ पार्टीको गृहकार्यमा कमल थापा, काठमाडौंमा गरे कार्यक्रम

काठमाण्डौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापा नयाँ पार्टीको गृहकार्यमा लागेका छन् ।

सोहीअनुरुप उनले आज राप्रपाका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूसँग काठमाडौंमा भेटघाट गरेका छन् । भेटघाटमा उपाध्यक्षद्वय बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, महामन्त्री कुन्ती शाहीलगायतको उपस्थिति थियो ।

थापाले राप्रपाको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्न माग गर्दै आएका छन् ।

तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन भने छानबिनका लागि तयार छैनन् ।

लिङदेनलाई दुई पटक पत्र लेखिसकेका थापाले आफूलाई पार्टीभित्र किनारा लगाउन खोजिए पार्टी दुर्घटनामा पर्न सक्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

खबर सबै