

जोर्नी दुख्छ ? बन्दागोभीले गर्छ औषधिको काम





काठमाण्डौँ
बन्दागोभी एक पोषक तत्वयुक्त पातदार तरकारी हो । जुन हाम्रो स्वास्थ्यको लागि लाभदायक हुन्छ । बन्दागोभीमा तामा, भिटामिन बी १, भिटामिन बी, भिटामिन सी र अन्य भिटामिन पाइन्छ । बन्दागोभीमा भएको फाइबरले मोटोपन घटाउन सहयोग गर्छ । बन्दागोभीले जोर्नी दुखाइको समस्यालाई पनि नियन्त्रण गर्छ । बन्दागोभीको पातलाई पट्टिको रूपमा प्रयोग गयौं जोर्नी दुखाइ कम हुन्छ ।
(बन्दागोभीलाई प्लास्टिकको झोलामा राखेर फ्रिजमा राख्नुपर्छ । जोर्नी दुखाइ सुरु हुने बित्तिकै यसको पातलाई तुरुन्तै प्रभावित ठाउँमा लगाउन पर्छ । त्यसपछि तौलिया लिएर बन्दागोभीमाथि बेर्नुपर्छ । यसले गर्दा शरीरमा भएको तापक्रमले बन्दागोभीको पात पनि तातो हुन्छ । यस प्रक्रियाबाट बन्दागोभीमा भएका तत्वहरू युरिक एसिडमा घुल्न थाल्छन् । यसले युरिक एसिडको प्रभावलाई कम गर्छ र जोर्नीको दुखाइलाई कम गर्छ ।
-यदि सुन्निएको छ भने बन्दागोभीको प्रयोगबाट राहत मिल्छ । सुन्निएको ठाउँमा बन्दागोभीको पातलाई लगाउनु पर्छ । पात लगाएपछि त्यसमाथि प्लाष्टिकले बेर्नुपर्छ । कम्तिमा ३० मिनेटसम्म बाँध्नुपर्छ । यो प्रक्रिया गर्दा आफ्नो खुट्टालाई माथितिर राखेर गर्नुपर्छ । यसले सुन्निएको भागलाई कम गर्छ ।
-घरमा फ्रिज नभएको खण्डमा पनि बन्दागोभीको प्रयोग गर्न सकिन्छ । बन्दागोभीको पातलाई बेलनाले बेल्नुपर्छ । यसले गर्दा पातहरूमा दबाब पर्छ र रस निस्कन थाल्छ । त्यसपछि पातलाई खुट्टाको प्रभावित ठाँउमा लगाइ बाहिरीबाट कपडाले बेर्नुपर्छ । यस प्रक्रियाबाट जोर्नीको दुखाइमा धेरै राहत पुग्छ ।
-कराइलाई हल्का तताउने, त्यसपछि बन्दागोभीको पातलाई तताउने र हल्का तातो बनाइ सकेपछि उक्त पातलाई दुखाइ भएको जोर्नीमा लगाउनुपर्छ । कम्तिमा ४५ मिनेटसम्म राख्नुपर्छ । यसले जोर्नीको दुखाइलाई कम गर्छ ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया