

नेपालमा ओमिक्रोन संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि त्रास





काठमाडौं
नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९० जना पुगिसकेको छ। आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ, भने शनिबार मृत्यु हुने संख्या ९ थियो।
कोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोनलाई कम घातक भनिएका बेला नेपालमा भने ओमिक्रोन संक्रमण बढेसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ। सरकारले दीर्घरोगी, वृद्धवृद्धा र कोरोनाको खोप नलगाएको मृत्यु भएको भने पनि पछिल्लो तीन सातादेखि मृत्यु हुनेको संख्या बढेको तथ्यांकले देखाएको छ। यसले सर्वसाधारणमा त्रास पैदा गराएको छ।
संसारभरका विज्ञहरूले डेल्टा र अन्य भेरियन्टको तुलनामा छिटो संक्रमण गर्ने भए पनि ओमिक्रोनले मृत्यु निम्ताउँदैन भनिरहेका छन्। नेपालमा मात्र होइन ओमिक्रोन फैलिएका अन्य देशमा पनि कोरोनाका बिरामीको मृत्यु संख्या भने घटन सकेको छैन।
नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९० जना पुगिसकेको छ। आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ, भने शनिबार मृत्यु हुने संख्या ९ थियो। यस्तै शुक्रबार ११ जनाको मृत्यु भएकामा बिहीबार यो संख्या १४ पुगेको थियो।
चिकित्सकहरू भने कोरोना संक्रमण व्यक्तिको मृत्यु हुनुमा ओमिक्रोन भेरियन्ट मुख्य कारण नभएको दाबी गर्छन्। ओमिक्रोन संक्रमित व्यक्तिहरूमध्ये दीर्घ रोगी भएकाको मात्रै मृत्यु भएको चिकित्सकको दाबी छ। टिचिङ अस्पताल महाराजगञ्जका वरिष्ठ श्वासप्रश्वास तथा छातिरोग विशेष डा. सन्तकुमार दासका अनुसार केही सातादेखि टिचिङ अस्पतालमा भर्ना भइ मृत्यु हुनेमा धेरै जसो दम, क्यान्सर, मुटुरोग, कलेजोका बिरामी छन्। उनीहरू अन्य रोग लागेर उपचारमा आउने गरेको र त्यसक्रममा परीक्षण गर्दा कोरोना पनि देखिएको हो। यो समाचार आजको नागरिक दैनिकमा छ ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया